‘कनेक्ट टु सीएम’- जनता-मुख्यमन्त्रीबीचको सम्पर्क सेतु

मुख्यमन्त्रीको अवधारणा, “आँगनमा सरकार”, लाई मूर्त रूप दिन CONNECT TO CM पारदर्शिता र प्रत्यक्ष संलग्नताको नयाँ युगको सुरुवात हो

LOCALNEPALI

- परशु ढकाल

10/15/20251 min read

मुख्यमन्त्री पीएस गोलेको अवधारणामा भर्खरै शुरु गरिएको “कनेक्ट टु सीएम” कार्यक्रमलाई जनता र मुख्यमन्त्रीबीच हुने सम्पर्कको सोझो पुलको रूपमा हेरिएको छ। यस 'कनेक्ट टु सीएम' कार्यक्रम राज्यको शासन प्रक्रियालाई जनताको घरदैलोमा पुर्याउने महत्वपूर्ण कदम हुनेछ र यो अभियान शुरु गर्नुको तात्पर्य पनि यही नै हो। यो कार्यक्रम गत 13, अक्टोबर, 2025 मा सम्मान भवनमा मुख्यमन्त्री प्रेमसिंह तामाङ-(गोले) ले उद्घाटन गरेका हुन्। यो पहलले जनताका गुनासो, सुझाव र समस्या सोझै मुख्यमन्त्री कार्यालयसम्म पुर्याउने माध्यम प्रदान गर्दछ, जसले पारदर्शिता, जवाफदेहिता र जनसहभागितालाई समेत बढावा दिनेछ भन्ने कुरामा विश्वास राख्न सकिन्छ।

'कनेक्ट टु सीएम' को मुख्य उद्देश्य भनेको जनताका लागि पहुँचयोग्य च्यानल सिर्जना गर्नु हो, जसले सरकार र जनताबीचको दूरी घटाउँछ। मुख्यमन्त्रीले यसलाई 'आँगनमा सरकार' (Aangan Ma Sarkar) को दर्शनसँग जोड्दै भनेका छन्, "यो पहल राज्य सरकारको प्रतिबद्धतासँग जोडिएको छ जसले शासनलाई जनताको घरदैलोमा पुर्याउँछ। हाम्रो लक्ष्य अन्तिम व्यक्तिसम्म पुग्नु हो र 'कनेक्ट द अनकनेक्टेड' (Connect the Unconnected) लाई साकार पार्नु हो।" यो कार्यक्रमले शासनलाई थप समावेशी र प्रभावकारी बनाउने दिशामा जनताका वास्तविक मुद्दाहरूको व्यक्तिगत समीक्षा र सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।

त्यसो त सिक्किममा मात्र होइन, यस पप्रकारको पहल देशका अन्य राज्यहरूमा पनि शुरु गरिएका छन् र सञ्चालनमा छन्। आन्ध्र प्रदेश सरकारले गत जनवरीमा नै ‘मन मित्र’- शासन शुरु गरेको गरिसकेको छ। “कनेक्ट टु सीएम” जस्तै “मन मित्र” कार्यक्रम अन्तर्गत आन्ध्र सरकारले एउटा मोबाइल नम्बर जनसेवाका लागि उपलब्ध गराएको छ, जसद्वारा ह्वाट्सएप गरेर जनताले आफ्नो समस्या राख्नसक्छन्। आन्ध्र प्रदोश सरकारको यो पहललाई देशमै पहिलो प्रयोग मानिएको छ। यसैबारे ‘द हिन्दूले (Andhra Pradesh govt. launches ‘Mana Mitra’ - Governance, 161 civil services to be delivered through WhatsApp) हेडलाइन दिएर लेखेको छ’- “For the first time in the country, the Andhra Pradesh government has launched WhatsApp Governance titled ‘Mana Mitra’. The services were formally launched by Minister for IT Electronics & Communication and Real Time Governance (RTG) Nara Lokesh at his residence in Undavalli, Amaravati, on Thursday. The State government has allotted an official WhatsApp number 9552300009 for availing the services.” [The Hindu, January 30, 2025 ]

“कनेक्ट टु सीएम”- कार्यक्रम विशेष गरी सिक्किम जस्तो भौगोलिक रूपमा विकट राज्यका लागि महत्वपूर्ण छ, जहाँ जनताले सरकारसम्म पुग्न कठिनाइ भोग्नुपर्छ। यसले जनताका समस्या समाधानका लागि सरकार आफैँ जनताको दैलोमा पुग्ने नीति अपनाएको छ, जसले "प्रशासन जनताको घर दैलोमा" अभियानलाई मजबुत बनाउँछ।

यो कार्यक्रम जनतालाई मुख्यमन्त्री कार्यालयसँग सोझै जोड्ने एक होल्पलाइन हो। जनताले आफ्ना चिन्ता, सुझाव अथवा गुनासोहरू साझा गर्नसक्छन्। यसको मुख्य विशेषताहरूमा 80016-81188 र 93327-81188 यी दुई फोन नम्बर उपलब्ध छन् र दैनिक बिहान 10.30 देखि अपराह्न 4.00 बजेसम्म, सरकारी विदा लगायत चाडपर्वहरूमा पनि उपलब्ध रहनेछन्। कलमार्फत प्राप्त गुनासोहरू मुख्यमन्त्री कार्यालयमा रेकर्ड हुन्छन् र मुख्यमन्त्रीले व्यक्तिगत रूपमा समीक्षा गर्छन्। यो कार्यक्रमलाई मुख्यमन्त्री योजनाहरूको एकीकृत व्यवस्थापन प्रणाली (Chief Minister Schemes Integrated Management System) सँग जोडिएको छ, जसले कल्याणकारी योजनाहरूको अनुगमन र वितरणलाई सुविधाजनक बनाउँछ।

यस्तै कार्यक्रम पश्चिम बंगालमा मुख्यमन्त्री ममता ब्यानर्जीले दुइ वर्षअघि नै शुरु गरिसकेकी छन्। ब्यानर्जीले शुरु गरेको 'सरसोरी मुख्यमन्त्री'-नामक कार्यक्रमको उद्देश्य जनतालाई सार्वजनिक सेवाहरूमा पहुँच पुर्याउनु र गुनासोहरू समाधान गर्नु हो। यसबारे ‘द इकोनमिक टाइम्स’-ले उल्लेख गरेको छ- “West Bengal Chief Minister Mamata Banerjee has launched a new programme, 'Sarasori Mukhyamantri', aimed at helping people access public services and resolve grievances. Under the new system, complaints related to public grievances will be handled by the chief minister's office. The platform will include a call centre and field validation units, with around 500 tele-callers and 100 validation personnel. The scheme aims to resolve citizen's grievances” [The Economic Times, Jun 08, 2023]

मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले ‘कनेक्ट टु सीएम’ कार्यक्रमको थालनी गरेर जनतालाई सोझो सुविधा प्रदान गरे नै यसका साथै सञ्चार माध्यमको प्रभावकारी प्रयोग भएको पनि देखिन्छ। फोन कल जस्तो सरल र पहुँचयोग्य माध्यमले ग्रामीण क्षेत्रका जनतालाई सहज बनाएको छ। भविष्यमा यसलाई डिजिटल प्लेटफर्महरू जस्तै एप वा वेबसाइटसँग एकीकृत गरेर थप विस्तार गर्न सकिन्छ, जसले युवा पुस्तालाई आकर्षित गर्नेछ।

यसो त प्राचीन समयमा पनि राजा-महाराजाहरूले शिलालेखको माध्यमद्वारा जनतासँग सोझो सम्पर्क गर्नेगर्थे भन्ने सुनिएको हो। सम्राट अशोकले शिलालेखलाई नै माध्यम बनाएर कुनै बिचौलिया बिना नै प्रजासँग सोझो सम्पर्क गर्न त्यसप्रकारको सञ्चारलाई आफ्नो समयमा उपयोग गरेका थिए भनिन्छ। त्यसैले पनि होला, त्यतिबेला सम्राट अशोकको शासनकाल अद्वितीय बनेको थियो। आजको समय इन्टरनेटको हो, प्रौद्योगिकीको हो। त्यसैले आजका सरकारहरूले आजकै प्रविधिलाई प्रयोग गरेर जनतालाई सुविधा उपलब्ध गराउनु आवश्यक थियो भने मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको यो पहललाई स्तुत्य मान्नुपर्छ।

गोवा सरकारले पनि यस्तै प्रकारको कार्यक्रमको थालनी गरिसकेको छ। गत अगस्तमा त्यहाँको सरकारले जनताकै सुविधा हेतु सीएम हेल्पलाइन शुरु गरेको बताउँदै द टाइम्स अफ् इण्डियाले Govt approves CM Helpline to empower citizens with grievances हेडलाइन दिएर यसरी लेखेको छ- “Panaji: State govt has decided to start a chief minister helpline to connect with marginalised sections of society who are unable to reach out to govt with their grievances. Govt wants the public to provide suggestions on the state budget or any administrative process for improvement through the 24x7 helpline. [The Times of India, Aug 18, 2025]

सिक्किम सरकारले शुरु गरेको 'कनेक्ट टु सीएम' कार्यक्रम एक अभिनव र नागरिक-केन्द्रित पहल हो, जसले जनताको गुनासो र प्रतिक्रियालाई मुख्यमन्त्रीको कार्यालयसम्म सीधा पुर्याउने पुलको रूपमा काम गर्छ। यो कार्यक्रमले सूचना र प्रविधिको प्रभावकारी प्रयोग गर्दै शासन प्रक्रियालाई पारदर्शी र पहुँचयोग्य बनाएको छ। विशेष गरी, फोन कलको माध्यमबाट जनताले दैनिक सम्पर्क गर्न सक्छन्, जसले डिजिटल र टेलिफोन प्रविधिको संयोजनबाट सूचना प्रवाहलाई छिटो र सहज बनाएको छ। यो कार्यक्रमले सरकारलाई जनतासम्म पुग्ने सुलभ बाटो प्रदान गर्दछ, किनभने मुख्यमन्त्रीले प्रत्येक व्यक्तिसँग व्यक्तिगत भेटघाट गर्न सम्भव नहुने अवस्थामा यो प्लेटफर्मले 'आँगनमा सरकार'को अवधारणालाई साकार पार्छ। यसले प्रशासनलाई सहभागितामूलक बनाउँदै, जनताको आवाजलाई प्रत्यक्ष रूपमा सुन्ने र सम्बोधन गर्ने माध्यम उपलब्ध गराउँछ, जसबाट सरकारी उत्तरदायित्व बढ्नका साथै निर्णय प्रक्रिया थप समावेशी हुने कुरामा विश्वास राख्न सकिन्छ।

यस कार्यक्रमबाट गुनासोहरूको छिटो समाधान, सरकारी सेवाहरूमा सहज पहुँच अनि प्रतिक्रियाको माध्यमबाट नीति निर्माणमा योगदान दिने अवसर जस्ता जनताको लागि बहुआयामी फाइदाहरू छन्। यसले विशेष गरी ग्रामीण र दुर्गम क्षेत्रका बासिन्दाहरूलाई सशक्त बनाउँछ। समग्रमा भन्नु हो भने, 'कनेक्ट टु सीएम' कार्यक्रम प्रविधि र जनसहभागिताको माध्यमबाट लोकतान्त्रिक मूल्यहरूलाई बलियो पार्दै राज्यको विकासलाई गति दिने सिक्किमको शासन मोडेलमा एक माइलस्टोन प्रमाणित हुनेछ।