गान्तोक डायरी : मुख्यमन्त्री वात्सल्य योजनाले क्रान्तिकारी शिशुहरू बृद्धि गर्दैछ?

राज्यको घट्दो जनसँख्याको सङ्कटलाई समाधान गर्न सुरु भयो मुख्यमन्त्री वात्सल्य योजना

8/19/20251 min read

- उदय ‘आभा’ राई, गान्तोक

१० अगस्त २०२५। सिक्किम क्रान्तिकारी मोर्चाको ८औं जन-उन्मुक्ति दिवस। अब उसो यो दिवस "आमा सम्मान" दिवसको रूपमा मनाइने छ। यस अर्थमा यो प्रथम आमा सम्मान दिवस हो।

रम्फुको खेल मैदानमा चहल पहल छ। रौनक छ। प्रेम अनि उनको पत्नी उपहार आफ्नो दुई वर्षिय जुम्ले नानीहरू लिएर अनुहारभरी कान्ती बोकेर मैदानको एक कुनामा पुगेका छन्। म पेशाले पत्रकार। काखमा जम्ले नानीहरू बोकेर आमा सम्मान दिवसमा भाग लिनु आएका आनन्दित दम्पतीलाई देखेर कौतुहलता जाग्यो। छेउमा पुगे। नानीहरू छोरा अनि छोरी रहेछन्।

" हाम्रा सी एम साबको कारण नै हामी विवाह भएको १५ वर्ष पछि आमा बाबा बनेका हौं। आमालाई सम्मान दिने दिवसमा हामी नआउँनु?" उपहारले भनिन्

मैले बुझेर पनि सोधे, " कसरी सी एम साब तपाईंको जीवनमा आउनु भयो?"

प्रेमले भने, " वात्सल्य योजनाको माध्यमबाट नै हामी आमा बाबा बनेका हौं।"

फ्ल्यास ब्याक

२००७ मा प्रेम अनि उपहारले आफ्नो संस्कृति अनुसार विवाह गरे। गाउँ घरले विवाहको भोज खाए। साधारण परिवार। प्रेम प्राइमरी स्कूलको शिक्षक। उपहार त्यसै गाउँको प्राथमिक स्वास्थ्य केन्द्रको नर्स। कति खुसी। दुवै आर्थिक रूपमा स्वतन्त्र। दुवै परिवार खुसी।

विवाह भएको तीन वर्ष बित्यो तर प्रेम - उपहारको जीवनमा कुनै नयाँ उपहार आएन। उपहार गर्ववती बन्नु सकेनन्। गान्तोकको डाक्टर अनि सिलिगुडीको डाक्टर देखाए। उपचार गरे। तर अहँ उपहारले आमा हुने सपना पूरा गर्नु सकेन। एक डाक्टरले IVF गर्ने सल्लाह दिए। तर आर्थिक अवस्था राम्रो नभएको कारण त्यो उपचार उनीहरूले लिनु सकेनन्।

घाेषणा

प्रेम शिक्षक। उपहार एक नर्स। माननीय मुख्य मन्त्री श्री पि एस गोले ज्युले वात्सल्य योजनाको आधिकारिक घोषणा गर्नुभएको खबर दुवैले पाए सुदुर बस्तीमा बसे पनि।

घोषणा ६ अगस्त २०२२ को दिन भएको थियो।

हँसिलो अनुहार लिएर दुवै दम्पती घर पसे।

"अपुतालीहरु आज किन खुसी छ हँ " कर्कश स्वर सुनियो।

"अब अपुतालीको घर होईन आमा घरमा रौनक आउने दिन सुरु भयो।" प्रेमले प्याच्च भनी दियो

" तँ हरुको कारण आजकल गाउँमा अनुहार पनि देखाउनु सकिन्न। अपुतालीको घर भन्छ हाम्रो घरलाई। मलाई नानी चाहियो घरमा।" स्वर अझ चर्को भयो।

प्रेम मुस्कुराउँदै आमाको कुरालाई ध्यानमा नराखी आफ्नो कोठामा पस्यो।

कोठामा उपहार अघि बाटै आएको रहेछ। उपहारको मुहारमा खुसी नै देख्यो प्रेमले।

प्रेम बोल्नु अघि नै उपहारले भनी, " सुन्नुभयो आजको खबर?"

"कुन खबर?"

"हामी जस्तो सन्तान नहुनेलाई सरकारले सन्तान जन्माउन सहयोग गर्ने!"

"तिमीले पनि सुन्यौं? त्यही खबर सुनेर आज म खुसी भएको छु।"

"अब के गर्ने?"

उपहारले प्रेमको आँखामा हेरेर भनी, "15 वर्ष देखि आमा बन्ने सपना हो। अब नानी जन्माउने!"

डाटा बोल्छ

सिक्किमको प्रति महिला कुल प्रजनन दर २००१ को २.०१ देखि घटेर १.१ रहेको NFHS 5 (2019-21) को रिपोर्टले बताएको छ। यो रिपोर्टले राज्यमा खलबली मच्चियो। कुल प्रजनन दर ( TFR) १.१ हुनुको अर्थ के हो? यसको अर्थ हो महिलाहरुले कम्ती नानी जन्माउँदैछन्। प्रति महिलाले एक जना नानी मात्र जन्माउँदैछ। यदि यो दर यस्तै रह्यो भने केही समय पछि सिक्किममा युवाको जनसङ्ख्या भन्दा वृद्धहरुको जनसंख्या बढेर जानेछ। युवा विहिन राज्यमा श्रमीकहरू पाउँनु गार्हो हुनेछ। आज देखीरहेका छौं, जहाँ लहलह धान फल्ने, दाल उपजनी हुने खेतहरू स्याहार्ने मान्छे छैन। खेताला पाउनु गार्हो भएको छ। युवा नै कम्ती रहे राज्यको आर्थिक समृद्धिमा स्खलन आउने विज्ञहरु बताउँछन्। सुनौलो सिक्किममा वृद्ध अनि युवा दुवै हुनुपर्छ भन्ने गोले सरकारको भिजन छ।

६ फेब्रुअरी २०२५ को एक कार्यक्रममा मुख्यमन्त्री पि एस गोलेले भन्नु भयो, "२०११ मा सिक्किमको कुल जनसङ्ख्या ६.८२ लाख थियो भने २०२३ मा घटेर जनसङ्ख्या ६.३८ लाख भएको छ। यो राज्यको निम्ति संकटको विषय हो।"

डाटा हेरौं:

२०११ पछि सिक्किममा जन्मदर घट्दै गएको छ र मृत्युदरमा हल्का वृद्धि भएको छ।

- २०११ मा जन्मदर करिब १७.६ प्रति १,००० जनसंख्या थियो, मृत्युदर २.०२ थियो।

- २०२० सम्म जन्मदर अझ घटेको छ (औसत हिसाबले करिब १८ भए पनि वास्तविक दर घट्दो अवस्थामा), मृत्युदर भने करिब ४.१ पुगेको छ।

- सिक्किमको जनसंख्या वृद्धि दर अत्यन्त कम वा नकारात्मक भएको छ। यसको अर्थ मृत्यु भएको व्यक्तिलाई रिप्लेस गर्ने सङ्ख्या जन्मेको छैन।

- कुल प्रजनन दर (TFR) २००९ मा २.०१ बाट घटेर २०२१ मा करिब १.१, र २०२३ मा सम्भवतः १.० भन्दा तल पुगेको छ, जुन देशकै न्यूनतम स्तरमध्ये पर्छ।

- मृत्युदरमा सानो वृद्धि भए पनि अझै राष्ट्रिय औसतभन्दा कम छ।

- २०११ मा सिक्किमको जनसंख्या करिब ६.८२ लाख हुनबाट २०२३ मा करिब ६.३८ लाखमा घटेको छ।

यसबाट देखिन्छ कि सिक्किममा जनसंख्या घट्दैछ, जसको कारण कम जन्मदर र अलि बढेको मृत्युदर हो।

सिक्किमको वात्सल्या योजना – मुख्य बुँदा (२०२५)

राज्यको घट्दो जनसँख्याको सङ्कटलाई समाधान गर्न सुरु भयो मुख्यमन्त्री वात्सल्य योजना।

उद्देश्य:

+ घट्दो जन्मदर बढाउने।

+ बाँझोपन समस्यामा सहयोग पुर्याउने।

+ भविष्यमा जनसंख्या र श्रमशक्ति सन्तुलनमा राख्ने।

योजना

+ सन्तान नहुँदो विवाहित सिक्किमेली दम्पतीलाई IVF उपचारका लागि ३ लाख रुपैयाँसम्म आर्थिक सहयोग।

+ डाटा अनुसार हालसम्म 82 दम्पतीलाई शिशु प्राप्त भैसकेको छ ।

+ २०२२ अप्रिल–२०२४ अगष्टसम्म 326 महिलाले IVF गराए।

अन्य सरकारी प्रोत्साहनहरू:

+ सरकारी महिला कर्मचारीको प्रसूति बिदा ६ महिना देखि बढाएर १ वर्षसम्म बनाइयो।

+ पुरुष कर्मचारीलाई स्त्री प्रसुती भएको समय १ महिनाको पितृत्व बिदा ।

+ २ वा बढी शिशु भएका सरकारी कर्मचारीलाई अतिरिक्त भत्ता प्रदान गरेर तलब वृद्धि।

मुख्यमन्त्रीले रम्फुको कार्यक्रमको मञ्चबाट भन्नु भयो, "आमाले मात्र क्रान्तिकारी छोरा छोरीको जन्म दिनु सक्छन्। क्रान्तिले आमा होइन।"

मुख्यमन्त्रीले रोचक घटना बताउँदै भन्नुभयो, " म जेलमा रहेको समय एक दिन टाँसीडिङ निर्वाचन क्षेत्रका केही महिला हरु मलाई भेट्न जेलमा आउनु भएको थियो। हाम्रो बातचीत पश्चात् उहाँहरूले एउटा मैलो मैलो पुरानो लिफाफा मेरो हातमा थमाई दिनु भयो। उहाँहरूले मलाई केही पैसा दिनुभएको थियो। आज पनि मेरो पर्स मा त्यो रुपियाँको केही सुरक्षित छ।"

भावुक हुँदै उहाँले भन्नु भयो, " जब जब म मेरा आमा दिदी बहिनीहरूले दिनु भएको रुपियाँ हेर्छु। रुपैयाँलाई महसुस गर्छु तब तब ती महिलाहरु प्रति मेरो सम्मान झन् प्रगाढ भएर जान्छ। त्यसैले आजको दिन अर्थात् 10 अगस्त, अब उसो सिक्किमेली सम्पूर्ण आमाहरुको सम्मानमा समर्पित गर्दछु। आजको दिन आमा सम्मान दिवसको रूपमा हरेक वर्ष मनाउनेछौ।"

प्रेमले थप्पडी मार्दै उपहारको अनुहारमा हेरेर मुस्कुराए।

नानीहरूलाई सुम्सुम्याउदै उपहारले भनी, "हाम्रो क्रान्तिकारी छोरा छोरीको क्रान्तिकारी जोजो उ बोल्दै गर्नु हुने हो नि। याद गर्नु ल!"

Sources: Govt of Sikkim, News reports, articles from Sikkim Express, Wikipedia