समुदायलाई सशक्त बनाउँदै, सिक्किमको सुरक्षा गरौँ : मुख्यमन्त्री

सिक्किममा राज्य आपदा जोखिम न्यूनीकरण दिवस २०२५ । मुख्यमन्त्री प्रेम सिंह तमाङले २०११ को भूकम्प स्मरण गर्दै नागरिक सुरक्षा, विपद् तयारी र ११८५ विपद् व्यवस्थापन अधिकारी नियुक्त गर्ने सरकारको प्रतिबद्धता व्यक्त गर्नुभयो।

NEPALILOCAL

9/18/20251 min read

सिक्किममा बिहीबार राज्य आपदा जोखिम न्यूनीकरण दिवस सिक्किम राज्य आपदा व्यवस्थापन प्राधिकरण (एसएसडीएमए) तथा भूराजस्व तथा आपदा व्यवस्थापन विभागको तत्वावधानमा मनाइएको मनाइदैछ ।

यस अवसरमा मुख्यमन्त्री प्रेम सिंह तामांगले सन्देश जारी गर्दै राज्यभरि लचिलोपन सुदृढ पार्ने प्रतिबद्धता दोहोर्याएका छन्। विगतका विपद्बाट प्राप्त अनुभव र सिकाइलाई स्मरण गर्दै उनले नागरिकहरूको सुरक्षा र तयारीलाई सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे।

यो दिवस सन् २०११ सेप्टेम्बर १८ को ६.९ म्याग्निच्युडको भूकम्पलाई स्मरणार्थ मनाइन्छ, जसले राज्यमा ठूलो जनधन क्षति र सम्पत्तिको विनाश निम्त्याएको थियो। मुख्यमन्त्रीले उक्त दिन सिक्किमको अन्तर्निहित जोखिमहरूको गम्भीर सम्झना भएको बताउँदै विपद् प्रतिरोधात्मक उपायहरूमा निरन्तर सतर्क रहनुपर्नेमा जोड दिए।

मुख्यमन्त्री तामांगले भूकम्प, पहिरो, हिमनदी विस्फोटन, बाढी लगायतका चुनौतीहरूको सामना गर्दा सिक्किमका जनताले देखाएको साहस र एकताको प्रशंसा गरे। संकटको बेला नागरिकहरूले पहिलो प्रतिक्रियाकर्ताको रूपमा उठेर प्रभावित परिवारलाई सहयोग गर्दै जीवन र समुदाय पुनर्निर्माणमा सरकारसँग सहकार्य गरेका छन्,” उनले भने।

यस वर्षको नारासमुदायलाई सशक्त बनाउँदै, सिक्किमको सुरक्षा गरौँरहेको छ। यसै सन्दर्भमा मुख्यमन्त्रीले ग्राम पञ्चायतस्तरमा ११८५ विपद् व्यवस्थापन अधिकारी नियुक्त गरी तयारी र प्रतिक्रिया संयन्त्रलाई संस्थागत गरिएको जानकारी दिए।

सरकारले विपद् रोकथामलाई उच्च प्राथमिकता दिएको दोहोर्याउँदै मुख्यमन्त्रीले प्रत्येक नागरिकलाई निवारक उपायहरू अपनाउन, मक्क (नक्कली) अभ्यास तथा तालिममा सहभागी हुन र आपतकालीन तयारीमा सचेत रहन आग्रह गरे। उनले घरपरिवार, शैक्षिक संस्था र समुदाय सबैलाई आपत्कालीन अवस्थामा प्रभावकारी प्रतिक्रिया दिन सक्षम बनाउन आह्वान गरे।