गान्तोक डायरी : सिक्किमका मुख्यमन्त्री साना राज्यहरूका कुशल मुख्यमन्त्री

सिक्किमका मुख्यमन्त्रीलाई साना राज्यहरूका ‘सर्वश्रेष्ठ प्रदर्शन गर्ने’ मुख्य मन्त्रीका रूपमा मान्यता प्राप्त हुनु व्यक्तिगत उपलब्धि नभएर, राज्यको समग्र प्रगतिप्रतिको निरन्तर प्रतिबद्धताको पुष्टि हो

NEPALI

उदय ‘आभा’ राई

8/30/20251 min read

सिक्किमका मुख्यमन्त्री श्रीमान पि एस गोलेलाई साना राज्यहरूका बीच India Today - CVoter सर्वे, अगस्त २०२५ अनुसार ५४% समर्थन रेटिङसहित सर्वश्रेष्ठ प्रदर्शन गर्नेमुख्य मन्त्रीका रूपमा मान्यता प्राप्त भएको छ । यो केवल व्यक्तिगत उपलब्धि नभएर, राज्यको समग्र प्रगतिप्रतिको निरन्तर प्रतिबद्धताको पुष्टि हो।

यो मान्यताले सिक्किमको समावेशी, प्रगतिशील र दृढ भविष्यनिर्माण गर्ने अभियानमा जनताको गहिरो सहभागिता र विश्वासलाई पुनः स्थापित गरेको छ। प्रत्येक उपलब्धि सिक्किमेलीहरूको सामूहिक शक्ति, दृढता र आत्मबलको प्रतिफल हो, र यस सम्मानको वास्तविक अधिकारी राज्यका जनता नै हुन्।

यो सर्वेक्षणले के अर्थ लगाउँछ?

+ सिक्किमको राजनीतिमा क्रान्तिकारीको वर्चस्व

अहिलेको मत सर्वेक्षण अनुसार, सिक्किममा क्षेत्रीय दलविशेषगरी सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा (SKM)—प्रति जनविश्वास झन् बलियो देखिएको छ।

मुख्यमन्त्री तामाङ्गको लोकप्रियता उच्च भएकोले SKM को राजनीतिक स्थायित्व, आगामी निर्वाचन रणनीति तथा सरकारी कार्यक्रमहरूको सामाजिक स्वीकृतिमा सकारात्मक प्रभाव परेको छ।

यसले अन्य क्षेत्रीय दलहरूलाई चुनौतीको संकेत दिँदै सत्तासँग जनताको अपेक्षा अझै बढेको सन्देश पनि दिएको छ

+ प्रेम सिंह तामाङ्गको नेतृत्वमा जनताको 'मन खुशी छ'

माननीय मुख्यमन्त्री पि एस गोलको "जनअग्रसर नीति", विकास, आपदा व्यवस्थापन, महिला समर्थित नीति, कर्मचारीको नियमितीकरण, शिक्षा, पूर्वाधार, स्वास्थ्य आदिमा गरिएको कामको प्रतिफल जनमतमा देखिएको छ। तामाङ्गले छोटो समयमा जनप्रिय, समावेशी र व्यावहारिक योजनाहरू लागू गरेका कारण निरन्तर लोकप्रियता बढेको छ। २०२५ को सर्वेक्षणले तामाङ्गको नेतृत्वमा जनतालाई अझ बढी आश्वस्त बनाएको छ, राज्यस्तरमा उनको साख बलियो भएको छ र यसको असर राष्ट्रिय राजनीति तथा केन्द्रीय सरकारसँगको सम्बन्धमा समेत देखिन्छ।

मत सर्वेक्षण 2025 ले जनआस्था, समावेशी नेतृत्व, तथा राजनीतिक स्थिरताको सूचकका रूपमा काम गरेको छ। सिक्किमको सन्दर्भमा तामाङ्ग नेतृत्वमा जारी भएको जनसमर्थन भविष्यमा पनि निर्णायक रहने सम्भावना छ। मुख्यमन्त्रीको यो यात्रा व्यक्तिगत मात्र नभई जनआस्था र सहकार्यको आदर्श उदाहरण हो, जसले सिक्किमलाई सतत प्रगतिपथमा अघि बढाएको छ।